आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

मेरो तर्फबाट घच्चमच्च भएको भए सरी : ओली

मेरो तर्फबाट घच्चमच्च भएको भए सरी : ओली

तपाईंले गर्न बाँकी केही छैन, नेतृत्व हामीलाई दिनुस् : ईश्वर पोखरेल


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिका साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेका कुराको जवाफ दिँदै ओलीले आफ्नो निरन्तरताले पार्टी ध्वस्त पर्न सक्छ भन्ने पोखरेलको दाबीमा सहमत हुन नसकिने बताए । उनले आफूले पार्टी, देश र जनताको शीर निहुरिने काम कहिल्यै नगरेको दाबी गरे ।

ओलीले भने, दुनियाँ विरोधीहरुले लखेटेर अरू कोही नपाए जसरी केप ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरुले झन् माया गर्नुपर्ने होइन ? डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ ?

आफू १८ घण्टा खटेर काम गर्ने अवस्थामा अहिले पनि रहेको भन्दै ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव समेत राखे । ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने समेत प्रष्ट पारे ।

ओलीले भने, कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन् । मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी ।

तपाईंले गर्न बाँकी केही छैन, नेतृत्व हामीलाई दिनुस् : ईश्वर पोखरेल

उता, बन्दशत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई घरमा आराम गरेर बस्न सुझाव दिएका छन् । अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पोखरेलले सम्भवतः पहिलोपल्ट औपचारिक रुपमा ओलीलाई अभिभावक बनेर बस्न सल्लाह दिएका हुन् ।

यसअघि पार्टीको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष ओलीलाई अनौपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि सार्वजनिक समारोहमा त्यस्तो अभिव्यक्ति दिएका थिएनन् । तर आज उनले जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले औपचारिक रुपमै ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका हुन् ।

‘केपी कमरेड ११ वर्ष अध्यक्ष हुनुभयो, ६ वर्ष प्रधानमन्त्री, सायद अब उहाँले गर्न बाँकी काम केही छ जस्तो लाग्दैन’, उनले भने, ‘अब उहाँ यो पार्टीको अभिभावक बनेर बस्नुपर्छ, अब नेतृत्व हामीलाई दिनुहोस् भन्न चाहन्छु, मेरो अवधारण पत्र पढेर मलाई समर्थन गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’  पोखरेलले महाधिवेशन प्रतनिधिहरुलाई पार्टीको भविष्य सोचेर नेतृत्व चयन गर्न पनि अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->