पोखरा/हाइकर्स क्लबल ६५ औं श्रृंखलाको हाइकिङको क्रममा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा स्थानीय बालकुमार श्रेष्ठसहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समूहलाई स्वागत गरिएको छ ।
समूहका उपाध्यक्ष ज्योति हमालका अनुसार, क्लबले तनहुँको भिमाद नगरपालिकाको ध्याङ्चलुम र सिद्ध गुफा, शुक्लागण्डकी नगरपालिकाको थर्पेक, म्याग्दे गाउँपालिकाको किल्चोक, बहपुर, व्यास नगरपालिकाको मानुङकोट, शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँमा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको छ ।





