पोखरा/लेखनाथ जेसीजको २८ औ अध्यक्षको रुपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७ औं शाखा अधिवेशन तथा २८ औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षतामा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा आकाश बराल र निशान गौतम परियार चयन भएका छन् भने उपाध्यक्षमा सुशान्तमणि दाहाल, बिनया जमरकट्टेल, विश्वास बराल र नविन अधिकारी रहेका छन् ।
समितिको महासचिवमा रशिसहरि भण्डारी,शाखा सम्पादकमा ध्रुवराज घिमिरे,कानूनी सल्लाहकारमा मौसम बराल र कोषाध्यक्षको जिम्मेवारी सुशील ढुंगानाले पाएका छन् भने सचिवमा शिवानी केसी चयन भएकी हुन् ।





