काठमाडौं / नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
निर्वाचन समितिले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीअनुसार अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ।
उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ । प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलोगरी नामावली प्रकाशन भएको हो । एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाएको छ ।
हेर्नुहोस उम्मेदवारको प्रारम्भिक नामावली:





