आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

मगर लेखक संघमा नयाँ नेतृत्व

मगर लेखक संघमा नयाँ नेतृत्व

ढोरपाटनका स्तम्भकार यामबहादुर केन्द्रीय सदस्य


  • ढाेरपाटन संवाददाता
  • पुष १ २०८२, मंगलबार

पोखरा/डा. विष्णुकुमार सिंजाली मगरको नेतृत्वमा गठित नेपाल मगर लेखक संघको नयाँ कार्यसमितिमा ढोरपाटन दैनिकका स्तम्भकार तथा लेखक यामबहादुर थापा मगर केन्द्रीय सदस्य चुनिएका छन् ।

नेपाल मगर लेखक संघको १६ औं वार्षिक साधारण सभा तथा महाधिवेशनबाट चुनिएको ३१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष जीवनप्रवेश रोका मगर, प्राज्ञिक उपाध्यक्षमा पूर्णबहादुर राना मगर, महिला उपाध्यक्षमा हेमा आले मगर, मगर ढुट भाषिक उपाध्यक्षमा रुद्र श्रीस मगर, मगर खाम भाषिक उपाध्यक्षमा इर्दासी झाँक्री मगर, मगर काइके भाषिक उपाध्यक्षमा जंगबहादुर बुढा मगर चयन भएका छन् ।

त्यस्तै संघको महासचिवमा श्याम राना मगर, सचिवहरुमा अनिल बुढा मगर, मनबहादुर बगाले मगर र तारा राना मगर साथै कोषाध्यक्षमा मनकुमारी ठाडा मगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा यामबहादुर थापा मगर क (बागलुङ), युरिका सिंजाली मगर, प्रेम प्रकाश घर्ती मगर, टंक झाँक्री मगर, गीता थापा मगर, राकेश बुढा मगर, दीलिप बुढा मगर, उमेश थापा मगर, लक्षिणकुमार पुन मगर, भवानी आले मगर, टंक आले मगर, यामबहादुर थापा मगर ख (काठमाडौं), मैत्या घर्ती मगर, गोविन्द पुन मगर, धिरेन्द्र थापा मगर, स्ट्रगल राना मगर, सुमित्रा बुढा मगर र गगन बहादुर थापा मगर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->