आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एमाले महाधिवेशनः मतदान गर्न प्रतिनिधी लाईनमा बसे

एमाले महाधिवेशनः मतदान गर्न प्रतिनिधी लाईनमा बसे

मतदान सुरु हुन अझै केही समय लाग्ने छ । प्रतिनिधिहरू चिसोको पर्वाह नगरी लाइनमा बसिरहेका छन्।


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८२, मंगलबार
एमाले महाधिवेशनमा मतदान गर्न लामबद्ध प्रतिनिधि । तस्वीरः ढोरपाटन

काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधीहरु लाइनमा बसेका छन् । प्रतिनिधिहरूले आफूहरू खानासमेत नखाएर लाइनमा उभिएको तर हालसम्म पनि मतदान सुरु नभएको बताएका छन्। निर्वाचन समितिले ८ बजेबाट मतदान सुरु हुने जनाएको छ ।

तर, पटक–पटक मतदानको समय सर्दा प्रतिनिधीहरू अन्योल र हैरानीमा परेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित मतदान स्थलमा साँझदेखि नै प्रतिनिधिहरूको लामो लाइन छ।

लाईनमा वसेका प्रतिनिधिले आफुहरु छिटो मतदान गरे बाहिरिन चाहेको बताउछन् । एक प्रतिनिधीले भने, ‘उत्साहित त एकदमै थियौँ। खाना खान छोडेर भोट हाल्न लाइनमा बस्यौँ। खाना पनि चाहिएन, भोट हाल्न पाए मात्रै पुग्छ भन्ने भयो।’

तर, निर्वाचन आयोगले पटक–पटक समय सार्दा प्रतिनिधिहरूले सास्ती खेप्नु परेको छ। ‘पाँच बजे भनेको अहिले ८ बज्न लागिसक्यो। पाँच बजे भइदिएको भए घर पुगिसकिन्थ्यो। चिसो भइसक्यो, लाइनमा उभिनु परेको छ,’ लाइनमा बसेका अर्का प्रतिनिधिले गुनासो पोखे। प्रतिनिधिहरू अहिले पनि लाइनमा उभिरहेका छन्।

निर्वाचन आयोगले प्राविधिक कारण देखाउँदै सुरुमा २ बजे त्यसपछि ७ बजे र पछिल्लो पटक ८ बजे मतदान सुरु हुने बताएको छ। यद्यपि, मतदान सुरु हुन अझै केही समय लाग्ने छ । तर प्रतिनिधिहरू भने चिसोको पर्वाह नगरी लाइनमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->