काठमाडौं / नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान साढे ८ बजेपछि मतदान हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् । मंगलबार नै हुने भनिएको मतदान बुधबार सरेपछि समयमा नै मतदान गर्नका लागि प्रतिनिधिहरु लाइन बसेका हुन् ।






