आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एमाले महाधिवेशनमा मतदान जारी

एमाले महाधिवेशनमा मतदान जारी


  • ढाेरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

काठमाडौं/ नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान ९ बजेर २० मिनेटको समयबाट मतदान सुरु भएको थियो ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका थिए । यसअघि मंगलबार साँझ हुने भनिएको मतदान प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २२६३ प्रतिनिधिले मतदान गर्ने छन् ।

निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाताहरू ।

मतदान गर्ने बेला मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिहरुलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो । मतदान सकिएको २ घन्टामा नतीजा सार्वजनिक हुने एमालेले जनाएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->