
काठमाडौं / नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ। १० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता अधिवक्ता प्रवल शर्माले बताए ।
मतदान कार्य ढिला भएपछि मतदान केन्द्र प्रवेशको समय थप गरिएको छ । ‘मतदानको लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको छ,’ उनले भने, ‘सहभागीका लागि कुपनको व्यवस्थासमेत गरिएको छ । कुपन लिएर मतदानको अधिकार समयमै सुरक्षित गरौँ ।’ एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।





