काठमाडौं / नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म साढे ६ बजे सकिएको छ ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा २२२७ प्रतिनिधि सहभागी सहभागी भएका छन् । एमाले महाधिवेशनमा २२६३ जना प्रतिनिधी थिए । ३६ मत खसेन ।
नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।
निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार अब केही समयपछि मत गणना सुरु गरिने छ । मत गणना सुरु भएको करीव २-३ घण्टामा नै मत परिणाम आउने छ ।
एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।





