काठमाडौं / नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । २२६३ जना प्रतिनिधिमा २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् । महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रेस चौतारीबाट प्रतिनिधी बनेका गुल्मीका राजेन्द्र अर्यालले पनि मतदान गरेनन्।
आयोजक रहेका ६ जना निवर्तमान केन्द्रिय सदस्यले पनि मतदान गरेनन् । आयोगका सदस्य ७ जना र विभागका २ जना सदस्य पनि मतदानमा सहभागी भएनन् । भूगोलबाट प्रतिनिधी छनोट भएर आएका २१ जना प्रतिनिधीले पनि आफ्नो मत राखेनन् । प्रदीप प्याकुरेल (सुशील) मतदान स्थलमा उपस्थित भएपनि कार्ड नभएकोले मतदान गर्न पाएनन् ।
मतदान नगर्ने प्रतिनिधिको नामावाली :
केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
अनुशासन आयोग
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)
निर्वाचन आयोग
समिर नेपाल
रचना राजोपाध्याय
लेखा आयोग
अशोक केसी
विभाग
घनश्याम कोइराला
सन्जीव रोकाहा
अन्य
कृष्णमाया भुजेल– झापा
लक्ष्मी यादव– बारा
शत्रुधन प्रसाद सिंह– सिरहा
राजेन्द्र प्रसाद यादव– पर्सा
अंशु आनन्द– पर्सा
मनोज कुमार गुप्ता– पर्सा
विजय कापर– सप्तरी
जितेन्द्र चौधरी– महोत्तरी
सिर्जना नेपाली (प्रवास)
अशिम कोइराला (प्रवास)
दिनेश बास्तोला (प्रवास)
बालुका बेलबासे (प्रवास)
गिरिराज बेलबासे (प्रवास)
मिना पोखरेल (प्रवास)
राजेन्द्र अर्याल (गुल्मी)
तेजकुमार बिक
पल्वराज भट्ट (कन्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर बिक
बब्लु शिवाकोटी





