आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी


  • ढाेरपाटन संवाददाता
  • पुष ३ २०८२, बिहिबार

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

ओली तेस्रो कार्यकाल र पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए भने पोखरेल दशौं महाधिवेशनमा महासचिवमा विजयी भएका थिए ।

निर्वाचन आयोगले दिएको विवरण अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

महासचिवमा विजयी पोखरेलले १२२८ मत ल्याउँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->