काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । ओली तेस्रो कार्यकाल र पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए भने पोखरेल दशौं महाधिवेशनमा महासचिवमा विजयी भएका थिए ।
निर्वाचन आयोगले दिएको विवरण अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । महासचिवमा विजयी पोखरेलले १२२८ मत ल्याउँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
हेर्नुस् मत विवरण
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३ (विजयी)
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
गोकर्ण राज विष्ट : १३६८ (विजयी)
रघुजी पन्त : १२५८(विजयी)
अन्य उम्मेदवारः
गुरु प्रसाद बराल : ११३७
बिन्दा पाण्डे : ९२१
परशुराम मेघी गुरुङ : ४६१
अरुण नेपाल : ४३९
टंक प्रसाद कार्की : ३५८
भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
शंकर पोखरेल : १२२८ (विजयी)
सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
लेखराज भट्ट : १४५२ (विजयी)
रघुवीर महासेठ : १३६८ (विजयी)
योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवारः
विष्णु प्रसाद रिमाल : १०९१
आनन्द प्रसाद पोखरेल : ६३५
वैजनाथ चौधरी : ५१७
राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
महेश बस्नेत : १५४४ (विजयी)
पद्मा कुमारी अर्याल : १५३० (विजयी)
छविलाल विश्वकर्मा : १५०६ (विजयी)
शेरधन राई : १५०३ (विजयी)
खगराज अधिकारी : १२३१ (विजयी)
हिक्मत कुमार कार्की : १३३७ (विजयी)
यमलाल कँडेल : ११८५ (विजयी)
राजन भट्टराई : ११८१ (विजयी)
भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवारः
गोकुल प्रसाद बास्कोटा : १०३०
ठाकुर प्रसाद गैरे : ८८३
रचना खड्का : ८७७
कर्णबहादुर थापा : ८४७
अग्नि प्रसाद खरेल : ७१६
विनोद प्रसाद ढकाल : ६८४
कृष्ण गोपाल श्रेष्ठ : ६२५
पेम्बा लामा : ४९३
लाल बाबु पण्डित : ४९६
इन्द्रलाल साप्कोटा : ४०५
पुरुषोत्तम पौडेल : ४६२





