
पोखरा/ सहकारी ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपु्रको बुटवल इजलासले थुनामुक्त गर्न विहीबार आदेश दिएको छ ।
लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । मुख्न्य न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई छाड्न आदेश दिएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।







