आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

अखिलका १० पूर्व अध्यक्षहरु पुगे एमालेको केन्द्रिय नेतृत्वमा

अखिलका १० पूर्व अध्यक्षहरु पुगे एमालेको केन्द्रिय नेतृत्वमा

एमालेको एघारौं महाधिवेशनमा कसले कति पाए मत ? (सम्पूर्ण मत विवरण सहित)


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८२, बिहिबार

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशनमा अनेरास्ववियुका १० जना पूर्वअध्यक्षले केन्द्रीय सदस्य र पदाधिकारीमा जित निकालेका छन् । एमालेमै रहेका र चुनावमा भाग लिएका पूर्व अध्यक्षमध्ये टंक कार्की, अरुण नेपाल, किशोरविक्रम मल्ल र नविना लामा पराजित भएका छन् भने रुपनारायण श्रेष्ठ चुनावमा उम्मेदवार थिएनन् ।

पूर्व अध्यक्ष शंकर पोखरेल दोस्रोपटक महासचिव निर्वाचित हुँदा योगेश भट्टराई उपमहासचिव निर्वाचित भएका छन् । पोखरेलपछिका अध्यक्ष रामनाथ ढकालको निधन भइसकेको छ । ढकालपछि योगेश अध्यक्ष भएका थिए । योगेशपछिका अध्यक्ष अरुण नेपाल सचिव र सदस्य दुवै पदमा आउन सकेनन् ।

उनीपछिका अध्यक्ष हिक्मत कार्की सचिव भएका छन् भने कार्कीपछिका अध्यक्ष राजेन्द्र राई नेपाली कम्युनिस्ट पार्टीमा छन् । राईपछिका अध्यक्षहरु क्रमशः खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र माधव ढुंगेलले केन्द्रीय सदस्य जितेका छन् । ढुंगेलपछिका अध्यक्ष किशोर मल्ल र नविना लामा पराजित भए ।

त्यसपछिका ऐन महर, सुनिता बराल र समिक बडाल निर्वाचित भएका छन् भने डा. सुजन कडरिया उम्मेदवार भएनन् । यीमध्ये समिक पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

एमालेको एघारौँ महाधिवेशनमा कसले कति पाए मत ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->