बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी मेडिकल कलेजको प्रशासनमा ताला

गण्डकी मेडिकल कलेजको प्रशासनमा ताला


  • ढाेरपाटन संवाददाता
  • पुष ४ २०८२, शुक्रबार

पोखरा/ बेहोस भएको डेढ वर्षपछि मृत्यु भएकी एक महिलाका आफन्तले शुक्रबार पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) को प्रशासन शाखामा तालाबन्दी गरेका छन् । स्याङजाको आँधिखोला गाउँपालिका–५ बास्कोट घर भई हाल पोखरा–७ रत्नचोक बस्दै आएकी ४५ वर्षीया सपना केसीको वेहोस अवस्थामै विहीबार मृत्यु भएको थियो । पाठेघरको अप्रेशनका लागि उनी २०८१ असारमा जिएमसीमा भर्ना भएकी थिइन् ।

सपनाका भाई सुवासका अनुसार पाठेघरको अप्रेशनका लागि २०८१ असार १७ मा उनलाई बेहोस बनाइएको थियो । त्यसपछि उनी कहिल्यै होसमा आइनन् । जिएमसीले नै अहिलेसम्म उपचार गरिरहेको थियो । विहीबार मृत्यु भयो । ‘किन यस्तो अवस्था भयो भनेर बुझ्ने क्रममा कलेज प्रशासनले कुनै ‘रेस्पोन्स’ नगरेपछि तालाबन्दी गर्ने अवस्थामा पुगेका हौ’, सुभासले भने, ‘प्रशासनका मुख्य पदाधिकारी सम्पर्कमा आएका छैनन् ।’

सपनाको शव कलेजकै शवगृहमा राखिएको छ । घटनाबारे चित्तबुझ्दो जवाफ नआएसम्म शव नबुझ्ने अडानमा मृतकका आफन्त छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->