आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पोखरा भारत सिधा उडानका लागि दूतावासले विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री

पोखरा भारत सिधा उडानका लागि दूतावासले विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री

भारतीय पर्यटकहरुलाई नै लक्षित गरि भारतीय रुपैयाँका २ सय र ५ सयका नोट चल्ने नेपाल सरकारले गरेको निर्णयले पर्यटक र व्यवशायी दुवैलाई फाइदा पुगेको बताए । यस विषयमा संघ सरकारलाई पटक पटक आफूहरुले ध्यानाकर्षण गराएको बताए ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार

पोखरा÷गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भारत सिधा उडानका लागि भारतीय दूतावासले विशेष पहल गर्ने अपेक्षा राखेका छन ।

पोखरा पर्यटन परिषदको सहकार्यमा भारतीय दूतावाससँग भएको दोश्रो भारत नेपाल पर्यटन भेलालाई सम्बोधन गर्दै उनले पोखरादेखि भारतको पर्यटकीय शहरहरुबाट सिधा उडान गर्ने वातावरण सिर्जना गर्न गराउनमा दूतावासको सक्रियता हुनुपर्नेब ताएका हुन । त्यसका लागि नेपाली पक्ष तयार नै रहेको उनले बताए ।

भारतीय पर्यटकहरुलाई नै लक्षित गरि भारतीय रुपैयाँका २ सय र ५ सयका नोट चल्ने नेपाल सरकारले गरेको निर्णयले पर्यटक र व्यवशायी दुवैलाई फाइदा पुगेको बताए । यस विषयमा संघ सरकारलाई पटक पटक आफूहरुले ध्यानाकर्षण गराएको बताए ।

डिजिटल भुक्तानीमा पनि पर्यटकलाई समस्या देखिएको हुँदा सहजीकरणका लागि छलफल भइरहेको उनले बताए ।

उनले गण्डकी प्रदेश सरकारले बनाएको कुनै नियम, कानुनले यहाँको पर्यटन व्यवसायमा असर परेको भए संशोधनका लागि सरकार तयार रहेको बताए । उनले भारतीय पर्यटकहरुलाई परेको समस्याका बारेमा व्यवसायीसँग सरकारले छलफल गरि समस्या समाधानको प्रयास गर्दै आएको बताए ।

उनले नेपाल र भारतको धार्मिक, सांस्कृतिक रहनसहन, भेषभूसा र खानपान मिल्दोजुल्दो रहेको बताउँदै पोखरा र गण्डकीका धेरै ठाउँमा भारतीय पर्यटक होटल, रेष्टुरेन्टहरु रहेको जनाए ।

नेपाल आउने भारतीय पर्यटकमध्ये धेरैजसो बिहार, यूपीबाट पोखरा घुम्न आउने गरेका छन । आफ्नै साधन लिएर सहजै पोखरा र गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरु आउन सक्ने गरि व्यवस्था गरेको हुँदा भारतीय पर्यटकलाई थप सहजता भएको मुख्यमन्त्री पाण्डेले बताए ।

पोखरा आउनको लागि यसअघि पर्यटकहरुले सडकको गुनासो गर्ने गरेका थिए । अहिले भने पोखरा मुग्लिङ सडकखण्ड अन्तिम चरणमा पुगेको छ । जसले गर्दा यात्रा सहज भएको उनले बताए ।

सडक निर्माणका लागि प्रदेश सरकारले निरन्तर समन्वय गरेको उनको भनाई छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->