बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तनहुुँ जिल्ला ढकाल समाजमा नयाँ नेतृत्व

तनहुुँ जिल्ला ढकाल समाजमा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार
पोखरा/ तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र कोषाध्यक्षमा अग्नी ढकाल चयन भए ।
समाजका सदस्यमा सञ्जय ढकाल, पुष्पा ढकाल, कृष्णराज ढकाल, शुक्रराज ढकाल, कपिल ढकाल, नारायण ढकाल रहेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि ढकाल समाज प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष  लोकराज ढकाल, विशिष्ट अतिथि ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य फडिन्द्रराज ढकाल लगायत तनहुँ जिल्ला निवासी ढकाल बन्धुहरूको उपस्थितिमा भएको  कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि ढकालले प्रतिष्ठानको आजीवन सदस्य र विशिष्ट सदस्यबाट उठेको रकम संकलनबाट देवघाट तनहुँमा जग्गा खरिद गरी कुल मन्दिर, शिव मन्दिर लगायत नेपाल ढकाल प्रतिष्ठान आश्रम निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको बताए । यसमा सबैको साथ र सहयोग आवश्यक भएकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->