आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति


  • ढाेरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

पोखरा/श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह–सचिवमा भगवती पन्थ र कोषाध्यक्षमा मोहनराज बराल निर्वाचित भए ।

समितिका सदस्यहरूमा चुडामणि वाग्ले,दामोदर पौडेल, मोहनकुुमार प्रधान, गुुरुप्रसाद पौडेल, ज्योतिप्रकाश तिमिल्सिना र माधवशरण लामिछाने निर्वाचित भएका छन ।

समितिको अध्यक्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधिश हुने व्यवस्था रहेकोमा हाल मुकुन्दशरण उपाध्याय पीठाधिशका रुपमा रहेका छन् । १५ सदस्यीय समिति रहने व्यवस्था बमोजिम तीन जना सदस्य पीठाधिशबाट मनोनयन गरिनेछ । राधकृष्ण गुुरुकुल र राधाकृष्ण बृद्धाश्रमको अध्यक्ष दुुईजना पदेन सदस्य हुने जनाइएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि खेमराज अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिका सदस्यहरूमा विश्वराज लामिछाने र कृष्णप्रसाद पाण्डे छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रको समग्र विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधीश एवम् समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायले धेरै संघर्ष गरेर यो संस्था स्थापना भएको बताउँदै यसको विकास र समुन्नतिका लागि सबैले आ आफ्ना स्थानबाट सहयोग गर्नुुपर्नेमा जोड दिए ।

समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायको सभापतित्व एवम् सचिव घनश्याम खनालले सञ्चालन गरेको कार्यक्रममा स्वागत माधवशरण उपाध्यायाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->