आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

माछापुच्छ्रेमा संरक्षण दिवस

माछापुच्छ्रेमा संरक्षण दिवस


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८२, सोमबार

पोखरा/रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा संरक्षण दिवस मनाइएको हो ।

नेपाल सरकारले २०४९ साल साउन ५ गते राजपत्रमा संरक्षण दिवस मनाउने उल्लेख गरेसँगै एनटीएनसीले सहमति लिएर डिसेम्बर १० मा विविध कार्यक्रम आयोजना गरी संरक्षण दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिका माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता,पालिकामा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिस्तरीय सामूहिक नृत्य,विद्यालयस्तरीय चित्रकला, कृषि प्रदर्शन गरिएको थियो ।

माविस्तरीय हाजिर जवाफ प्रतियोगितामा निष्पक्ष मावि रिभान प्रथम, उदय मावि धम्पुस द्वितीय, गौरी शङ्कर मनिलाल मावि सैतिघट्टा तृतीय र शुक्ला गण्डकी मावि घाचोक सान्त्वना भएका थिए ।

सामूहिक नृत्य प्रतियोगितातर्फ संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक प्रथम, संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला द्वितीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस तृतीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान सान्त्वना हुँदा संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।

विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तर्फ निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय र अन्नपूर्ण आधारभूत विद्यालयका इशान तामाङ सान्त्वना भएका थिए ।

कृषि प्रदर्शनीमा मसलाजन्यतर्फ विष्णु क्षेत्री प्रथम,सीता लामिछाने द्वितीय र प्रेम सुनार तृतीय भए । फलफूलतर्फ देवीलाल शर्मा प्रथम, खिमलाल पौडेल द्वितीय, रामबहादुर भण्डारी तृतीय र मनिषा गुरुङ सान्त्वना भए ।

तरकारीतर्फ अमृत अधिकारी प्रथम, जगदीश लम्साल द्वितीय र तुलसी आचार्य तृतीय भए भने कृषि प्रदर्शनीतर्फ प्रेम सुनार र रिभान कृषि सहकारी संस्था लिमिटेडले विशेष पुरस्कार प्राप्त गरे । कार्यक्रममा विजयीलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै संरक्षणको विकासमा खेलेको योगदानको कदर स्वरुप विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा संरक्षण किसान सम्मानबाट रिभानकी राधिका ढुङ्गाना, हरियाली कार्यक्रममा सहयोग पु¥याएका रिभान हुम्दीका देवीलाल लामिछाने र साबिक रिभान वन व्यवस्थापन उप समिति रहेका थिए । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीनबहादुर गुरुङले संरक्षण क्षेत्रबाट आयआर्जन र राजस्व वृद्धि गर्न एक भएर लाग्नुपर्ने बताए ।

अन्नपूर्ण संरक्षण आयोजनाका आयोजना प्रमुख डा.रविन कडरियाले यस क्षेत्रमा संरक्षण आयोजनाले नाङ्गा पाखालाई हरियाली बनाउने स्थानीयलाई आय आर्जनमा जोड्ने, शिक्षा, ंिँचाइ, पानी सरसफाइसँगै पछिल्लो समय पर्यटनको क्षेत्रमा पनि काम गरेको उल्लेख गर्दै आगामी दिनमा स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । माछापुच्छ्रे गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले संरक्षणको क्षेत्रमा यहाँ स्थानीयलाई दक्खल बनाउँदै एक भएर अगाडि बढ्नु पर्ने बताइन् ।

कार्यक्रममा माछापुच्छ्रे गाउँ पालिका ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, रेन्जर सुदीप केसी, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोख्रेल, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलका अध्यक्ष ओमप्रकाश गुरुङ, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारीलगायतले बोलेका थिए ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका अध्यक्ष तोरण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष नारायणप्रसाद पौडेलले स्वागत र समितिका सचिव शिव प्रसाद भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->