आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८२, सोमबार

पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने बिभिन्न कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नँ ४ , ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइकार्यक्रमबाट संकलित दुई ट्रक फोहोर नगरपालिकाको गाडीले उठाएको थियो ।

पोखरा महानगरपालिकाले पोखराकोमुख्य बजार क्षेत्रभित्र पोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा बटुवा र त्यस वरपर व्यापार गरेर बस्ने व्यापारीहरुलाई पनि असर परेको हुँदा यो कार्यक्रम गर्नु परेको कार्यसमिति सदस्यबृहत सरसफाइ कार्यक्रमका संयोजक जनकराज सुबेदीले जानकारी दिए ।

चिप्लेढुंगादेखि सिद्धार्थचोक सम्मको क्षेत्रमा जथाभाबी फोहोरमैला फालेको भेटिएमा स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिनेछ भन्ने सुचना बोर्ड विभिन्न ५ ठाउँमा पनि राखिएको उपाध्यक्ष लक्ष्मण न्यौपाने बताए ।

पोखरा ट्रेडमलका व्यवसायीहरु र चिप्लेढँुगा टोलसुधार समितिको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका दुर्गा सुनारले गरेका थिए ।

अथिति वडा नं ४ का अध्यक्ष देबकृष्ण पराजुलीले भाषण भन्दा नि काम गरेर देखाउन आग्रह गरे । चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसायी समितिले आफ्नो स्थापनादेखिनै विभिन्न सामाजिक कार्य गर्दै आएकोमा धन्यबाद दिदै समिति संग सहकार्य गरेर अन्य दिनहरुमा पनि यस्ता कामगर्न वडा सधँै तयार हुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->