पोखरा/ प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) गण्डकीको दोस्रो सम्मेलन तथा अधिवेशनले कमलप्रसाद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा राजुप्रसाद गौतम, खुला सचिव विष्णुभक्त सिग्देल र कोषाध्यक्षमा दधिराम पौडेल चयन भए । कार्यसमिति सदस्यमा टंकप्रसाद न्यौपाने, हरिकृष्ण सुवेदी, पुण्यप्रसाद सुवेदी, प्रेमबहादुर कार्की, मदनप्रसाद तिवारी, राधा उपाध्याय, हरिश्चन्द्र अर्याल, सुरेश दुरा, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, चित्रबहादुर सुनार र संगीता काफ्ले रहेका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष अमर थापा, महासचिव भुवनप्रसाद निरौला, केन्द्रीय सचिव अनिता गुरुङ, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, संगठनका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदी, नेपाल बार एसोसियसनका उपाध्यक्ष भूपेन्द्र खनाल, संगठनका गण्डकी प्रदेश कमिटीका सहसंयोजक सोमबहादुर श्रेष्ठ लगायतले संगठनको गतिविधिबारे प्रकाश पारेका थिए । सम्मेलनमा गण्डकी प्रदेशका ९ जिल्लाका कानुन व्यवसायीको सहभागिता थियो ।





