आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘नागरिकले अनुशरण गर्ने कानून व्यवसायी बनौं’

‘नागरिकले अनुशरण गर्ने कानून व्यवसायी बनौं’


  • ढाेरपाटन संवाददाता
  • पुष ७ २०८२, सोमबार

बागलुङ/कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको ७० औं स्थापना दिवश सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

उच्च अदालत बार एसोसिएसन बागलुङले पनि शुभकामना आदानप्रदान तथा चियापान गरेर दिवश मनाएको हो । उक्त अवसरमा बरिष्ठ अधिवक्ताहरुले समाज सुधारका लागि कानून व्यवसायी सामाजिक इन्जिनियर बन्नुपर्ने बताए । साथै, उनीहरुले आम नागरिकले अनुशरण गर्न सक्ने कानून व्यवसायी बन्नुपर्ने बताए ।

वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले कानून व्यवसायी देखेर समाजले आदर्श मान्ने र अदालतले आँखाको रुपमा हेर्ने बन्नुपर्ने बताए । उनले बार समाज तथा राज्यका सबै निकायको समेत सल्लाहकार बन्न सक्नुपर्ने बताए ।

उच्च अदालत बार एशोसिएसन बागलुङका अध्यक्ष गीता श्रीषको अध्यक्षता र सचिव उमाशंकर सापकोटाको संचालन तथा उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु काजीगाउँले श्रेष्ठ, कृष्णप्रसाद शर्मा निउरे र भूमिश्वर गौतमले पनि शुभकामना मन्तव्य राखेका थिए ।

बार स्थापनापछि नेपालले कानूनी शासनको अभ्यासलाई सु–संस्कृत बनाउन पाएको इतिहास छ । बागलुङमा २०३४ सालमा पद्मनाथ शर्मा, भूपेन्द्र खड्का, ऋषिराम शर्मा लगायतले बार स्थापना गरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->