आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

सडक छेउका संरचना हटाउँदै महानगर

सडक छेउका संरचना हटाउँदै महानगर

महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा निश्चित स्थानभित्र उक्त व्यवसायहरु बन्द गरिने जनाएको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाले सडक छेउमा सञ्चालन भइरहेका कवाड देखि वर्कसप, कारवार ग्रिल उद्योगलगायतलाई अन्यत्रै स्थानमा सारेर सञ्चालन गर्न सूचना जारी गरेको छ ।

महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा निश्चित स्थानभित्र उक्त व्यवसायहरु बन्द गरिने जनाएको हो ।

पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटन देखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिलोमिटर देखि फेदिसम्मको सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेको कवाडी संकलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगलाई ३५ दिनभित्र स्थानान्तरण गर्न भनिएको छ ।

महानगरले सवारी आवागमनमा कठिनाई भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकुल प्रभाव परेका कारण उद्योग सार्न भनिएको हो ।

महानगरले तोकिएको क्षेत्रमा सञ्चालनमा रहेका हार्डवयर, डिपो तथा अन्य व्यवसायीलाई समेत सडकपेटीमा निर्माण सामाग्री र साइनबोर्डलगायतका वस्तु तथा सामग्रीहरु नराख्न अनुरोध गरेको छ । महानगरले ३५ दिने सूचनाको अटेरी गरेमा प्रचलित कानूनबमोजिम कारवाही हुने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->