काठमाडौँ / गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले त्यतिबेलाका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन मंगलबार पत्र पठाएको छ ।
लेखकलाई आयोगमा बयानका लागि पत्र काटेको आयोग अध्यक्ष गौरीबहादुर कार्कीले बताएका छन् । आयोगले ती दुई दिनको घटनाको जाँचबुझ गरिरहेको छ । अहिलेसम्म प्रधान सेनापति, सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरीका तत्कालिन महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत व्यक्तिहरुसंग बयान लिइसकेको छ । बाँकी रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री लेखकसंग बयानका लागि आज लेखकलाई आयोगले पत्र काटेको हो । लेखकलाई आगामी शुक्रबार बयानका लागि आउन भन्दै पत्र काटिएको हो ।





