आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गण्डकी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी 

गण्डकी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी 


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

पोखरा / ग्ण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वानसहित बुधवार विज्ञापन प्रकाशित गरेको हो।

स्थानीय तहबाट माग भई आएका रिक्त पदहरूमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ। विज्ञापनअनुसार प्राविधिकतर्फ असिस्टेन्ट सब–इन्जिनियर (सिभिल), खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्। यी पदहरूमा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार पद संख्या छुट्याइएको छ।

यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।

हेर्नुहाेस् सूचना

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->