आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अखिल नेपाल युवक संघ बागलुङको जिल्ला सम्मेलन कुश्मीसेरामा

अखिल नेपाल युवक संघ बागलुङको जिल्ला सम्मेलन कुश्मीसेरामा


  • ढाेरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

बागलुङ/अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलन भोलि शनिबारदेखि दक्षिण बागलुङको व्यापारिक केन्द्र कुश्मीसेरा बजारमा हुँदै छ । ‘राष्ट्रियता र संविधान रक्षाको पक्षमा हाम्रो अभियान भ्रष्टचार, बेथितीविरुद्ध परिवर्तनको दिशामा ११ औं बागलुङ जिल्ला सम्मेलन’ भन्ने नाराका सम्मेलन आइतबारसम्म चल्ने छ ।

जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि पर्यवेक्षकको उपस्थितीमा जिल्ला सम्मेलन गरिने अखिल नेपाल युवक संघ बागलुङका सचिव दुर्गा थापाले जानकारी दिए । सम्मेलनमा अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल, अनेरास्ववियु (छैठौ)का केन्द्रिय अध्यक्ष सुभाष जिसीले सम्बोधन गर्ने छन् । सम्मेलनमा बागलुङ जिल्ला राजमोका जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताको उपस्थिती रहने छ ।

अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलनमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय कलाकारको उपस्थिती रहने छ भने कराँते काता प्रर्दशन पनि गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनको सम्पूर्ण तयारी भैसकेको सचिव थापाले जानकारी दिएका छन् ।

सम्मेलन सफलताको लागि विभिन्न क्षेत्र तथा संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, वुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मी लगायत आम नागरिकलाई कुश्मीसेरामा उपस्थितीको लागि आयोजक अखिल नेपाल युवक संघ बागलुङले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->