आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नागरिकको स्वास्थ्यबारे पत्रकार पैरवी कार्यक्रम

नागरिकको स्वास्थ्यबारे पत्रकार पैरवी कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८२, शनिबार

बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा शुक्रबार पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले सन् २०२५ मा गरेका कामबारे समीक्षा गरिनुको साथै कार्यक्रममा सहभागीबिच अन्तरक्रिया गरिएको थियो ।

परियोजनाले सबै स्वास्थ्य संस्थाको संस्थागत विकास, मातृशिशु स्वास्थ्य सुधार, उष्ण प्रदेशिया रोग विरुद्धको कार्यक्रम र पछाडि पारिएका समुदायलाई आर्थिक मुल धारमा ल्याउने र समावेशीकरणको क्षेत्रमा काम गरेको जानकारी गराइएको छ ।

कार्यक्रम प्रस्तुतीकरण गर्दै विष्णु सुवेदी, सुजन पौडेल र फेयरमेड फाउण्डेसनको तर्फबाट प्रियंका सिंहले प्रस्तुतीकरण गरेका थिए । परियोजनामार्फत हालसम्म भएका काम, अहिलेसम्म संकलन गरिएको तथ्यांक, आम नागरिकको सेवा प्रवाह र संचार क्षेत्रले खेलेको भूमिकामा छलफल केन्द्रीत थियो ।

निसीखोला ५ को निसेलढोरदेखि बागलुङ बजार सम्मका स्वास्थ्य संस्थाको क्षमता विकासमा फेयरमेड फाउण्डेसनले खेलेको भूमिकाबारे फाउण्डेसनका टिम लिडर गणेश बरुवालले जानकारी समेत दिए । उनले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न यो अभियान चालिएको बताए ।

कार्यक्रममा नेपाल गाजा डेललपमेन्ट फाउण्डेसनका अध्यक्ष यामप्रसाद शर्माले ग्रामीण जनताको सेवाका लागि गैरसरकारी संस्था सहयोगी भएपनि मुख्य साझेदार सरकारी संयन्त्र भएको भन्दै जबसम्म राज्यका निकायले पहिलो दायित्व लिंदैनन्, तबसम्म सेवाको गुणस्तर र प्रभावकारिता पनि नबढ्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले राज्यको निकायबिच नै तथ्यांकको समन्वय नभएकोले कतिपय कामको प्रभावकारिता नदेखिएको धारणा राखे । उनले स्वास्थ्य मन्त्रालयले राख्ने गरेको तथ्यांकमा एकरुपता नभएपछि सुधार भएका सूचक पनि प्रष्ट नभएको बताए ।

गर्भवती हुनेको प्रक्षेपण र यथार्थता नमिल्दा अझैपनि ५५ प्रतिशत मात्र संस्थागत सुत्केरी भएको देखिएको भन्दै बढेको यकिन तथ्यांक नआएको बताए ।

अहिले पनि बालविवाह, होम डेलीभरी जस्ता समस्या भने अझै हटाउन नसकेकोले परियोजना संचालन गर्नुपरेको र सुधार भैरहेको अवस्था फाउण्डेसनका टिम लिडर बरुवालले जानकारी गराए । संचार माध्यमले देखाउने बाटोले राज्य र गैससका कामहरु सेवाग्राही लक्षित बन्ने, नीतिगत सुधार हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->