बागलुङ/बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गैरसरकारी संस्थाहरूले नागरिकको स्वास्थ्य, शिक्षा र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनक पौडेल, काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विधापति शर्मा, बिवाइसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, सल्लाहकार डिल्लिराज गौतम, निवर्तमान अध्यक्ष मणिभद्र शर्मा तथा पूर्व अध्यक्ष चन्द्रमणि उपाध्याय लगायतले बोलेका थिए ।
बिवाइसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगाकुमारी शर्माले स्वागत सचिव विक्रम शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।





