दुबई/ क्षत्री समाज नेपाल, संयुक्त अरव इमिरेट्स (युएई) को विशेष भर्चुअल बैठकले विजय क्षत्रीको संयोजकत्वमा १५ सदस्यीय दुबई राज्य समिति सर्वसम्मत रूपमा मनोनित गरेको छ।
गुगल मिट मार्फत सम्पन्न उक्त कार्यक्रमको सभापतित्व क्षत्री समाज नेपाल युएई का अध्यक्ष कृष्ण बहादुर ढकालले गरेका थिए। प्रमुख अतिथिको रूपमा एकेन्द्र बहादुर थापा क्षत्री रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि थापाले नवनियुक्त १५ सदस्यीय कार्यसमितिको नामावली घोषणा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । समितिको सह–संयोजक सोनी भण्डारी, सचिव सागर रानाभाट, सह–सचिव इन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सुनिल अधिकारी मनोनित भए ।
यसैगरी कार्यसमिति सदस्यहरूमा सन्तोष खनाल, विजय रानाभाट, नरेश क्षत्री, देवी बस्नेत, पार्वती कार्की, कमला थापा, काशी राम, लक्ष्मी थापा, संगीता महतरा र बिन्दु अधिकारी रहको छन् । कार्यक्रममा बोल्दै सभापति कृष्ण बहादुर ढकालले प्रवासमा रहेर पनि आफ्नो पहिचान, संस्कार र समाज सेवामा क्षत्री समुदायको एकता अपरिहार्य रहेको बताए । महासचिव देवराज कार्कीले सञ्चालन गरेको कार्यक्रममा युएईमा विभिन्न पेसा र व्यवसायमा आबद्ध महानुभावहरूका साथै क्षत्री समाज नेपाल युएई तदर्थ समितिका केन्द्रीय सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
नवनियुक्त संयोजक विजय क्षत्रीले आफ्नो टिमले दुबईमा रहेका नेपाली र विशेष गरी क्षत्री समुदायको हकहित र एकताका लागि ठोस कार्य गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष ढकालले कार्यक्रमको समापन गर्दै नयाँ समितिलाई समाजको गरिमा उच्च राख्न निर्देशन दिए ।





