काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा सुदन गुरुङले बताए। उनले भने, ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे।’ तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्।
कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो । रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् । बार्तामा कुलमान घिसिङ रास्वपाको उपसभापति हुने र समानुपातिकमा घिसिङका १८ जनालाई समावेश गराइने गरी सहमतीको ड्राफ्ट तयार भइरहेको बताइएको छ ।





