मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८२, मंगलबार

पोखरा/ माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ ।

गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो । यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ का सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वनेको ऐन संसोधन गर्न वाञ्छनीय भएकोले गाउँ सभाबाट संसोधन गरिएको हो ।

सभा सदस्य भरतराज अधिकारीले प्रत्येक वडालाई आत्मनिर्भर बनाउका लागि उत्पादनसँग जोड्नु पर्ने बताए । ‘पछिल्लो समय बाँदर आतकंले खेतीयोग्य जमिन बाझा हुन थालेका छन्, भु उपयोगका लागि यस्ता समस्याहरु हल गर्दै प्रत्यक वडालाई उत्पादनसँग जोड्न जरुरी छ’, उनले भने, ‘गाउँपालिका दुधमा आत्मनिर्भर भए जस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजी गरि वडावासीलाई आत्मानिर्भर बनाउन तर्फ पालिका लाग्नु पर्दछ ।’

सभा सदस्य अप्सरा गौतमले सम्पूर्ण राजनितिक दल बुद्धिजिवीसँग समन्वय गरेर वजेट वाडफाड गर्नुपर्ने सुझाव दिइन् । अर्की सभा सदस्य गंगा रानाभाटले गुनासाहरु आए पनि पालिकाले यहाँको विकास निर्माणमा धेरै काम गरेको बताईन् । उक्त सभाको शुन्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले आफ्ना वडाका समस्याका विषयमा आवज उठाएका थिए । त्यसको जवाफमा पालिका अध्यक्ष मिनबहादुर गुरुङले शुन्य समयमा प्राप्त सुझाव तथा छलफलका विषयलाई यथासक्य कार्यान्वयनमा लौजाने जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->