आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८२, मंगलबार

पोखरा/पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था लि.ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्याक्ट्रर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो,स्प्रे, करौते, हसियाँ र हजारी लगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बगबानीका सातौँ तहका अधिकृत विकास विकले सहकारीले यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँदै आफूले पनि यस्ता कार्यक्रमलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार मुरारी बराल, चन्द्रबहादुर रानाभाट, कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम घिमिरे तथा अनुदानप्राप्त गर्ने सदस्यहरूमध्ये राधिका शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सह–सचिव पवित्रा ढुंगाना गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक बुद्धराज बस्यालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->