आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

परम्परा र संस्कृति भुल्नु हुँदैन : शेरचन

परम्परा र संस्कृति भुल्नु हुँदैन : शेरचन


  • अनिष पाठक
  • पुष १५ २०८२, मंगलबार

बागलुङ/गण्डकी प्रदेश सभाका सदस्य जित शेरचनले परम्परा र संस्कृति भुल्न नहुने बताएका छन् । बडिगाड गाँउपालिका वडा नं. ९ को बल्घास युवा एकता क्लबको सातौं वार्षिकोत्सवको अवसरमा बोल्दै शेरचनले विकासले खुशी थपिदिएर मात्रै नहुने भएकाले जीवनस्तर पनि सुधार गर्न सक्नुपर्ने बताए ।

विकासका काममा सबै एकजुट र काम सबैको साझा हुनुपर्ने बताउँदै उनले मैदालेमा खेलमैदान निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रमा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नवयुवाको नाममा विरोध गर्नुभन्दा पालिकामा सुशासन खोज्न आग्रह गरेकी छन् । पालिकादेखि वडा तहका सबै गतिविधीलाई बडिगाडले डिजिटलाईज गरेको भन्दै अधिकारीले पालिकाका हरेक गतिविधी पालिकाको बेवसाईटमा मासिक रुपमा राख्ने गरेको जानकारी दिइन् । उनले आवश्यक क्षेत्रमा विकास निर्माणका काम गर्न पालिका तयार रहेको बताइन् ।

यस्तै वडाध्यक्ष कृष्ण बहादुर केसीले गाउँमा केही नभएको भास्यसहित पछिल्लो समय जप्रतिनिधीप्रति आलोचना बढेकोमा गुनासो गरे । आफ्नो कार्यकालमा साविकका सबै वडामा खेलमैदान निर्माण गर्न सफल भएको भन्दै केसीले आगामी दुई वर्षभित्र मैदालेमा पनि सुविधा सम्पन्न खेलमैदान निर्माण गरिने बताए । आफु आगामी चुनावमा फेरी उम्मेदवार नहुने भन्दै उनले युवालाई आगामी चुनावको तयारी गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->