आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ नगरका स्वास्थ्य संस्थालाई लाखौंका सामाग्री वितरण

बागलुङ नगरका स्वास्थ्य संस्थालाई लाखौंका सामाग्री वितरण

स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन परियोजनाले सामाग्री बितरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा लाखौंका उपकरण, सामाग्री र सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन परियोजनाले सामाग्री बितरण गरेको हो ।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको परियोजना व्यवस्थापक ममिता पुनले बागलुङ नगर पालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेकी हुन् । फाउण्डेसनका अनुगमन अधिकृत सुजन पौडेलका अनुसार, बागलुङ नगरपालिका वडा नं. ५ को मालिका स्वास्थ्य चौकीमा पेरीलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमर समेत सहयोग गरिएको हो ।

त्यस्तै लहरेपिपल स्वास्थ्य चौकीका लागि बिरामी बोक्ने स्टेचर, भकुण्डे स्वास्थ्य चौकीका लागि डेलीभरी सेट, अमलाचौर स्वास्थ्य चौकीलाई अपांगमैत्री बनाइएकोले ब्हील चियर समेत प्रदान गरिएको हो । नारायणस्थान स्वास्थ्य चौकीमा ७५ हजार रुपैयाँ बराबरका अत्यावस्यक सामाग्री र वासिङ मेसिन समेत प्रदान गरिएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडा स्वास्थ्य चौकीमा ल्याब स्थापनाका लागि आवस्यक सामाग्री दिइएको छ । ल्याब स्थापना भएकोले व्यवस्थित बनाएर आम नागरिकलाई सेवा दिन चाहिने सबैखाले सामाग्री प्रदान गरिएको पौडेलले जानकारी दिए । रायडाँडँकै आफ्रे शहरी स्वास्थ्य इर्कामा अटोक्लेव ड्रम सहयोग गरिएको छ ।

त्यस्तै रायडाँडँकै तमाखुबारी स्वास्थ्य इकाईमा अनलाईन रेकर्ड गर्ने कम्युटर सेट र अटोक्लेब ड्रम दिइएको छ । ती सामाग्री दिएका स्थानमा नागरिकको स्वास्थ्य सेवा प्रभावकारी बन्ने आस गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उनले स्वास्थ्य क्षेत्रका आवस्यकता असिमिति भएकोले दातृ निकायको साझेदारीमा नगरपालिकाले पनि लगानी बढाएर सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने काम गरेको उनले बताए ।

त्यस बाहेक संस्थाले नगरपालिकालाई अपांगमैत्री सहायता सामाग्री पनि बितरण गरेको हो । ब्हील चियर, शौलालय चियर, सेतो छडी जस्ता अपांगता भएका नागरिकलाई अत्यावस्यक सामाग्री पनि हस्तान्तरण गरिएको हो । सम्बोधन परियोजनामार्फत जिल्लाका दशवटै पालिकामा विभिन्न कार्यक्रम संचालनमा छ । केही समयअघि परियोजनामार्फत नै धौलागिरि अस्पतालको सहकार्यमा अनमीलाई ३६ दिने एसबिए तालिम समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->