पोखरा/पोखरामा जारी सडक महोत्सवमा मादक पदार्थ सेवन गरि दादागिरी गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रेष्टुरेन्ड एण्ड वार एसोसिएसन पोखराको आयोजनामा जारी २७ औं सडक महोत्सवमा मापसे गरि उच्छृंखल गतिविधि गर्दै हिड्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार मापसे गरि सिसाका बोतलहरु फुटाउने र एक आपसमा झै–झगडा गरि अशान्ति मच्याएकाले वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।





