आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्वतको जेष्ठ नागरिक भवन निर्माण घोटालामा तानिए बागलुङका सीडीओ

पर्वतको जेष्ठ नागरिक भवन निर्माण घोटालामा तानिए बागलुङका सीडीओ

दिउँसो भाषण गर्दै थिए, एकाएक निलम्बनमा परे


  • ढाेरपाटन संवाददाता
  • पुष १७ २०८२, बिहिबार

पर्वत/पर्वतको कुस्मा नगरपालिका–७ मा निर्माणाधीन जेष्ठ नागरिक भवन भ्रष्टाचार प्रकरणमा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससहित कुस्मा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, निर्माण कम्पनीका सञ्चालक लालबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध भवन निर्माणका नाममा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जिकिर गरेका छन् । कुमानसिंह अहिले बागलुङका प्रमुख जिल्ला अधिकारी छन् । उनी बिहीबार पनि प्रमुख जिल्ला अधिकारीकै रुपमा बागलुङमा आयोजित तथ्याङ्कसम्बन्धी कार्यक्रममा सहभागी थिए । अभियोग दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । उनी यसअघि गण्डकी प्रदेशको उद्योग मन्त्रालयमा सचिव थिए ।

विशेष अदालत, काठमाडौँमा दायर गरिएको आरोपत्रमा उनीहरूबाट एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा असुल उपर गर्न माग दाबी गरिएको छ । काम पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार गर्नुपर्नेमा नगरेको, एकआपसको बदनियतपूर्ण मिलेमतोमा गैरकानूनी लाभ र स्वार्थका लागि खरीद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारले जनाएको छ । त्यस्तै, निर्माण व्यवसायीलाई उलब्ध गराएको पेश्की फछ्र्यौट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दाबी गर्ने कार्य नगरी हानी नोक्सानी पु¥याएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->