आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘मित्थांकले नीति निर्माणमा नकारात्कम असर पुग्छ’

‘मित्थांकले नीति निर्माणमा नकारात्कम असर पुग्छ’


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८२, शुक्रबार

बागलुङ/तथ्यांकलाई मित्थ्यांक बनाउँदा परिणाममा असर पर्ने र त्यसले नीति निर्माण प्रभावित हुने सरोकारवालाले बताएका छन् । राष्ट्रिय तथ्यांक दिवशको अबसरमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रममा सहभागिले सही तथ्यांक ल्याउन नसकेमा देशको शासन व्यवस्था र सेवाप्रवाह नै प्रभावित बन्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले घर चलाउन समेत सही तथ्यांक चाहिने भन्दै देशलाई सफल बनाउन सही तथ्यांक संकलनको आवस्यकता औल्याए उनले अन्धाधुन्द तथ्यांक संकलन गर्ने, प्रशोधन नगर्ने र सोही आधारमा नीति बनाउने हो भने राज्य असफल बन्ने उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सरकारले दिने सेवा प्रवाहकालागि सही तथ्यांक चाहिने बताए । राज्यले शासकीय प्रबन्ध मिलाउने भएपनि त्यसकालागि सही तथ्यांक नभएमा सेवा प्रवाह बिग्रने, सुशासन दिन नसकिने बताए । त्यस्तै बिकासको व्यवस्थापनमा तथ्यांकले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । सेवा प्रवाह गर्दा देखि बिकास गर्दा राज्यको अर्बौ सम्पत्ति नष्ट हुने गरी योजना बन्ने अबस्था मिथ्यांककै कारण भएको उनले बताए ।

धौलागिरि बहुमुखी क्याम्पसका सहायक प्रमुख डा. डिल्लीराज गौतमले मित्थांक आउने गरी राज्यले काम गर्न नहुने भन्दै कृषि, शिक्षा, स्वास्थ्य, निजामती सहितका सबै क्षेत्रको सही तथ्यांक नभएमा उत्पादकत्व बढाउन समेत नसकिने, नयाँ योजना निर्माणमा असर पर्ने र राज्य नै असफल बन्ने टिप्पणी गरे । विश्वविद्यालय तहमा गरिने अनुसन्धान अभ्यासले तथ्यांक संकलनलाई पारदर्शी र तथ्यमा आधारित बनाउन सहयोग गर्ने भन्दै राज्यको निकायले पनि तथ्यांकलाई आधार बनाएर मात्र काम गर्नुपर्ने सुझाए ।

२०१७ साल पुस १७ गते तथ्यांक बिभाग स्थापना भएको दिनलाई तथ्यांक दिवशको रुपमा मनाइने गरिएको छ । त्यस अघि पनि राज्यले तथ्यांक संकलन गर्ने चलन भने बसालेको थियो । पहिलो जनगणनाले मानिसको मात्र तथ्यांक निकालेकोमा २००९ सालदेखि नेपालमा मानिस बाहेक अन्य उत्पादन र विकासका अन्य सूचकका लागि चाहिने क्षेत्रमा पनि गणना गर्न थालिएको तथ्यांक अधिकृत नागेन्द्रप्रसाद यादवले बताए । पछिल्लो समय सबै क्षेत्रको एकीकृत तथ्यांक संकलन गरी हरेक दश वर्षमा जनगणनाको अभियान थालिएको हो ।

यसअघि २०७८ सालमा भएको गणनाबाट आएको तथ्यांककै अधारमा राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्रबैंकले वार्षिक योजना र नीति बनाउने गरेको तथ्यांक समन्वय कार्यालय बागलुङका निमित्त तथ्यांक अधिकारी चन्द्रकान्त सुवेदीले बताए । सुवेदीकै अध्यक्षता, कार्यालयका नासु नारायण पौडेलको संचालन र तथ्यांक अधिकृत नागेन्द्रप्रसाद यादवको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’, व्यवसायी लक्ष्मण खत्री लगायतले मन्तव्य राखेका थिए ।

उक्त अबसरमा कृषि तथ्यांकमा कार्यालयलाई साथ दिएको भन्दै बानपा ५ का किसान चन्द्रप्रसाद शर्मा र व्यवसायीक तथ्यांकमा साथ दिएको भन्दै व्यवसायी लक्ष्मण खत्रीलाई नगद पुरस्कर सहित सम्मान गरियो । निजामती सेवामा २५ बर्ष सेवा गरेका तथ्यांक अधिकृत नागेन्द्रप्रसाद यादव र तथ्यांक कार्यालयमा रहेर उत्कृष्ठ काम गर्ने सुपरीभेक्षक हरिप्रसाद शर्मालाई सम्मान गरियो । अघिल्ला बर्ष केन्द्रमा मात्रै यो दिवश मनाउने गरेकोमा चालु बर्षदेखि देशभरका १८ वटै कार्यालयमा यो दिवश मनाइएको सुवेदीले बताए ।

बागलुङस्थित कार्यालयले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङजा समेत ५ जिल्लाको तथ्यांक संकलन, प्रशोधन र प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->