मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ल्होसार सिक्ने र सिकाउने पर्व हो : पूर्वसांसद गुरुङ

ल्होसार सिक्ने र सिकाउने पर्व हो : पूर्वसांसद गुरुङ


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८२, शुक्रबार

पोखरा÷पूर्वसासंद मनबहादुर गुरुङले ल्होसारसबै जातजातिका लागि सक्ने र सिकाउने पर्व भएको वताएका छन् ।

कास्कीको लेखनाथ क्षेत्रभित्र रहेका विभिन्न तमु समाजहरुको साझा संस्था ङयोए तमु धिंले राखेको ल्होसार पर्वको उद्घाटन गर्दै गुरुङले ल्होसार पछिल्लो समय सबै जातजातिको पर्व बनेको बताए ।

पोखरा २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले तमु समुदायको मौलिक संस्कृति,भेषभुषा र भाषाको संरक्षणका लागि संग्रहालयको आवश्यकता भएको बताए ।

तमु धिं कास्कीका अध्यक्ष होम गुरुङले नेपाल विभिन्न जातजातिको संस्कृतिले विश्वमा चिनिएकाले हाम्रो मौलिक संस्कृतिलाई जोगाउन राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशकी अध्यक्ष खिमा गुरुङले ल्होसारमा नयाँ वर्षलाई स्वागत र पुरानो वर्षलाई विदाई गरिने भएकाले विगतका दिनमा भएका कमी कमजोरीलाई सच्याउँदै नयाँ जोस जागर र उत्साहका साथ अगाडी बढ्ने प्रेरणा ल्होसारले दिनेबताइन् ।

कार्यक्रममा ङयोए तमु धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङलेस्वागत मन्तव्य राख्दै नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै आफनो मौलीक संस्कृुतिलाई जोगाइ राख्नु हामी सवैको कर्तव्य भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->