आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्षेत्र नम्बर १ बाट आकांक्षी श्रीप्रसादको असहमति

क्षेत्र नम्बर १ बाट आकांक्षी श्रीप्रसादको असहमति


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८२, आइतबार

बागलुङ/ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमाले जिल्ला कमिटी बागलुङले तीनजनाको नाम सिफारिश गर्यो ।एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को बैठकले गठन गरेको कार्यदलले खुल्लातर्फ इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिराबहादुर केसी तथा महिलातर्फ केन्द्रीय सदस्य मनकुमारी केसी जिसीलाई उमेदवार सिफारिस गरेको थियो ।

तर क्षेत्रीय कमिटिको यो सिफारिशप्रति उम्मेदवारका आकांक्षी श्रीप्रसाद शर्माले असहमति जनाउँदै निर्वाचन प्रक्रियाबाट उम्मेदवार सिफारिश गर्नुपर्ने जनाएका छन् । शर्माले आइतबार नेै एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर १ बागलुङका नाममा पत्र लेख्दै आफ्नो सहमति विनै निर्वाचन प्रक्रियामा नगई मनोमानीले नाम सिफारिश गरिएको आरोप लगाएका छन् । पुस १८ मा बसेैको बैठकमा आफुलगायत ८ जनाले प्रत्यक्षतर्फको उम्मेदवार हुन पाउँ भनि तोकिएको शुल्क बुझाएर प्रक्रियामा सामेल भएको उनको पत्रमा छ ।

‘आकांक्षी उम्मेदवारको बिचमा निर्वाचनको विधिसम्मत् प्रक्रियालाई अगाडि बढाउन निर्वाचनको तालिका प्रकाशित गर्ने, आकांक्षी बीचमा सहमतिको लागि सहजीकरण गर्ने र सहमतिको वातावरण नबनेमा निर्वाचनको प्रक्रियाबाट उम्मेदवार छनौट गरी सिफारिश गर्ने गरी संयोजकसहितको तोकिएको कार्यदलका सदस्यहरुलाई जिम्मेवारी दिइएको हो’, शर्माको पत्रमा छ, ‘त्यसविपरीत मेरो सहमति विनै निर्वाचन प्रक्रियामा नगई मनोमानीले नाम सिफारि गरिएको भन्ने सुन्नमा आएकाले मेरो तिब्र असन्तुष्टि छ ।’ उनले तोकिएको प्रक्रियाबाट नै निष्कर्षमा पुग्न मागसमेत गरेका छन् ।

क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धनबहादुर परियारले उम्मेदवारका ८ जना आकांक्षी रहे पनि छलफलपछि तीन जनाको नाम छनौट गरिएको बताए । ‘सहमति वा निर्वाचन प्रक्रियामा गए पनि सबै जिम्मा कार्यदललाई दिइएको थियो’, परियारले भने, ‘निर्वाचन प्रक्रियामा जाँदा पार्टी कमजोर हुन्छ भन्ने भयो । आकांक्षीहरु पनि निर्वाचनमा जान मानेनन् । कमिटीलाई दिएको अधिकार अनुसार तीन जनाको नाम सिफारिश गरिएको हो ।’ उमेदवारका लागि एमाले केन्द्रीय सदस्यहरु मनकुमारी केसी, डा.सूर्य पाठक, इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, श्रीप्रसाद शर्मा, गीता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले दाबी गरेका थिए ।

यस्तै, बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->