आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जागरुक नागरिक समाजको साधारणसभा

जागरुक नागरिक समाजको साधारणसभा

साधारणसभाले रमेश थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • पुष २९ २०८२, मंगलबार

बागलुङ/जागरुक नागरिक समाज कास्कीको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकीकी प्रमुख नितु गर्तौलाले साधारणसभालाई शुभकामना दिइन् । साथै, उनले नवनिर्वाचित समितिलाई सम्मान पनि गरेकी थिइन् । कार्यक्रममा मानवअधिकारकर्मी विष्णु बराल, उद्योग वाणिज्य संघ कास्कीका उपाध्यक्ष गोपी बास्तोला लगायतले पनि शुभकामना दिए ।

साधारणसभाले रमेश थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा साबित्री भट्टराई, सचिवमा भिमप्रसाद सुवेदी, कोषाध्यक्षमा डिल्लीराम भण्डारी र सहसचिवमा माधव पौडेल रहेका छन् ।

समितिको सदस्यमा पारस बास्तोला, बाला गौतम, रामेश्वर अधिकारी, सीता बस्ताकोटी, धु्रव पौडेल, बन्दना शाह, महेन्द्र सुवेदी, भैरव श्रेष्ठ, शिव सुवेदी रहेका छन् । साविक लेखनाथ नगरपालिकाका संस्थापक नगरप्रमुख शालिकराम पौडेल नेतृत्वको निर्वाचन समितिले उक्त समितिको घोषणा गरेको थियो । समाजले मानवअधिकार र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->