शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

पोखरा बचत सहकारीको साधारण सभा

पोखरा बचत सहकारीको साधारण सभा


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८२, बिहिबार

पोखरा/पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष गोदार र कोषाध्यक्ष हिरामणी दाहालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष एवम् पोखरा बचत तथा ऋण सहकारी संस्थाका सर्वपक्षीय विशेष समितिका सल्लाहकार किरण श्रेष्ठले आगामी दिनमा सहकारी संस्थाका शेयरसदस्य, सञ्चालक र कर्मचारीले गर्नुपर्ने कार्यहरुको बारेमा जोड दिए । संस्थाका सर्वपक्षीय विशेष समितिका संयोजक गञ्जमान गुरुङले बचतकर्ताहरुको हितको संरक्षण गर्नु नै विशेष समितिको प्रमुखदायित्व रहेको बताए ।

सर्वपक्षीय विशेष समितिका सदस्य विनोद शर्मा न्यौपानेले समिति गठन भएपश्चात हासिल भएको प्रगतिबारे जानकारी गराए । उनले अबका दिनमा अझ बढी मेहेनतसाथ कर्जा असुलीमा लाग्न आवश्यक रहेको बताए । उनले सहकारीमा भएको छानबिन पश्चातको अवधिमा १० करोड रुपैयाँ बराबरको कर्जा असुली गरी आठ करोड रुपैयाँ बचत फिर्ता गर्न संस्था सफल भएको सुनाए ।

यस्तै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार फणिन्द्रराज शर्माको संयोजकत्वमा गठित निर्वाचन कमिटिले अर्को साधारणसभा नहुन्जेल सम्मका लागि सुरेन्द्र बहादुर गोदारको अध्यक्ष्यतामा रहेको वर्तमान सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ । संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा शम्भुराज बास्तोला, सचिवमा दिलबहादुर के.सी. (गोेपाल) र कोषाध्यक्षमा हिरामणि दाहाल तथा सदस्यमा प्रेमलाल श्रेष्ठ, जगन्नाथ आचार्य, दिपक गुरुङ्ग, दोर्चे तामाङ र बीरबहादुर थापा क्षेत्री रहेका छन् ।

२०५९ सालवैशाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्थामा हाल ७ सय ५० शेयरसदस्य छन् । कुल १० करोड ४२ लाख ३८ हजार रुपैयाँ शेयरपूँजि रहेको उक्त सहकारीमा हाल जम्मा ३६ करोड ६४ लाख ८६ हजार रुपैयाँ सदस्यहरुको बचत÷निक्षेप रहेको छ भने कुल ४७ करोड ५६ लाख २२ हजार रुपैयाँ कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->