मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

न्यायिक सहजकर्ताको लागि तालिम

न्यायिक सहजकर्ताको लागि तालिम


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८२, सोमबार

पोखरा/गण्डकी प्रदेश सरकारले स्थानीय तहमा खटाएका न्यायिक सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ४ जिल्लाका २८ पालिकामा कार्यरत न्यायिक सहजकर्ताको सहभागिता रह्यो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षता एव गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

दुइ दिनसम्म संचालन हुने तालिममा न्यायिक सहजकर्ताको काम कर्तव्य र अधिकार तथा उजुरी लिने कार्यविधि, विवाद निरुपण गर्ने कार्यविधि र न्याय निरूपण, न्यायिक अधिकारको प्रयोग र न्यायिक समिति, न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समिति र मेलमिलाप, न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोगको प्रक्रिया, न्यायिक समिति र अन्य निकायसँगको अन्तरसम्बन्ध, न्यायिक समिति र निर्णय लेखन बारेमा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा पौडेल, सहप्राध्यापक डा. भीमदत्त बराल, पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, उपप्राध्यापक कृष्णप्रसाद तिमिल्सिना लगाएतले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->