आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै कारवाही हुने, सहायक सीडीओलाई दिइयो अधिकार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै कारवाही हुने, सहायक सीडीओलाई दिइयो अधिकार


  • ढाेरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

पोखरा / निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो।

गत माघ ९ गतेको निर्णयानुसार आयोगले मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई जिम्मेवारी प्रदान गरेको हो। नयाँ व्यवस्थाअनुसार अब नियुक्त अधिकृतहरूले निर्वाचन आचारसंहिता अनुगमनका क्रममा प्रत्यक्ष रूपमा निर्वाचन आयोगको छाप प्रयोग गर्ने अधिकार पाएका छन्। जिल्ला तहमै संयन्त्र निर्माण गर्दा आचारसंहिता उल्लंघनका घटनामाथि तत्काल कारबाही गर्न सहज हुने आयोगको विश्वास छ। जिल्ला स्तरबाटै सुक्ष्म अनुगमन हुँदा आचारसंहिता पालनामा थप कडाइ र प्रभावकारिता आउने विश्वास आयोगको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यो विशेष कदम चालेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->