आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरदैलोबाट थप उत्साहित छुः हिरा केसी

घरदैलोबाट थप उत्साहित छुः हिरा केसी

घरदैलोमा केसीको नम्र अनुरोध, विगतको चिनापर्ची, अभिभावकहरुको न्यानो माया अनि पार्टीका नेताहरुको सामुहिक प्रचार अभियानले एमालेप्रति उत्साह थपिएको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८२, शुक्रबार

बागलुङ/आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-१ का उम्मेदवार हिरा बहादुर केसीले जनतासंग भएको घरदैलो कार्यक्रमबाट आफुँ थप उत्साहित भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केसीले गत आइतवारदेखि जनस्तरमा नै पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

‘जनस्तरमा पुग्दा हामीप्रति स्थानीयको असाध्यै प्रेम छ,’ केसीले भने, ‘आमा,बुबा, दिदिवहिनीहरु सवैले यसपटक हिरा केसी नै हो भनेका छन् ।’ त्यसो त एमालेबाट केसी तेस्रो पटक चुनावी मैदानमा छन् । २०७० को संविधानसभाको चुनावमा उनी नेपाली कांग्रेसका हरिवहादुर खड्कासंग उपविजेता बनेका थिए, २०७९को प्रदेशसभा चुनावमा गठबन्धनको विरुद्ध एकल लड्नुपर्दा पराजित भएपनि सानदार मत प्राप्त गरेका थिए । यसपटक भने केसीप्रति सवैको माया, स्नेह र सहानुभुती रहेको छ । स्थानीय एमालेका कार्यकर्ताहरु भन्छन्, ‘यो पटक यस क्षेत्रका जनताले हिरा हिरा भनेको पायौं ।’

‘घरदैलोमा पुग्दा बुढाबुढी बाआमादेखि युवासम्म सवै हिराको पछि लागेका छन्,’ एमाले निर्वाचन परिचालन समितिका सदस्य सचिव गणेश थापा भन्छन्, ‘यसपटक साँच्चिकै हिराप्रति जनस्तरमा नै माहोल सिर्जना भएको छ । यो उत्साहलाई मतदानको दिनसम्म कायम राख्यौं भने अत्याधिक मतसहित विजयी हुनेछौं ।’

युवाहरु पनि केसीकै पक्षमा उभिएका छन् । काठेखोला-६ का युवा सन्दिप कँडेलले भने, ‘जिल्लास्तरमा नै रहेर लामोसमय काम गरेकाले पनि होला युवाहरुको चाहनाको उम्मेदवार पनि हिरा केसी नै परेका छन् ।’ यो क्षेत्रमा हाल उम्मेदवार रहेका सवै ब्यक्ति काठमाडौंबाट आगन्तुकको रुपमा आएका छन् । उनीहरुप्रति खासै जनस्तरमा माहोल उठ्न सकेको छैन् ।
‘नेपाली काँग्रेसका भीम श्रीस, राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिला खड्का सवै काठमाडौंबाट आएका आगन्तुक उम्मेदवार हुन, कँडेलले भने, ‘हिरा केसी त विगत ३० बर्षदेखि जिल्लाको माटो माटोमा भिजेर काम गरेका छन् ।’

‘सदरमुकाम बागलुङ बजारदेखि हुग्दीशिरसम्म पुग्दा सवैले माया गरेको पाए,’ केसीले भन्छन्, ‘यसपटक सवैले धेरै माया गरेको पाए । यो आत्मियताले मलाई थप हौसला र प्रेरणा मिलेको छ । निर्वाचनलाई परिणाममुखी बनाउनेछौ ।’ घरदैलोमा पुग्दा केसीको नम्र अनुरोध, विगतको चिनापर्ची, अभिभावकहरुको न्यानो माया अनि पार्टीका नेताहरुको सामुहिक प्रचार अभियानले एमालेप्रति उत्साह थपिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->