मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गाउँमा छैनन् मतदाता, वेशी झरे उम्मेदवार

गाउँमा छैनन् मतदाता, वेशी झरे उम्मेदवार

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यो बेला प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले गाउँघरमा घरदैलो गर्न छाडेर अन्यत्र गर्न बाध्य भएका छन् । बसाइसराइँकै कारण गाउँ रित्तिएसँगै बजार झरेका मतदातालाई भेट्दै भोट माग्न उनीहरु पोखरा आएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

पोखरा/म्याग्दीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शनिबार पोखरामा मत मागे । चुनावी सरग बढिरहँदा मतदाता चुनावी एजेन्डासहित घरदैलो गरिरहँदा गण्डकीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरु भने पोखरामा मत मागिरहेका छन् ।

त्यसको प्रभाव आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत परेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यो बेला प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले गाउँघरमा घरदैलो गर्न छाडेर अन्यत्र गर्न बाध्य भएका छन् ।

बसाइसराइँकै कारण गाउँ रित्तिएसँगै बजार झरेका मतदातालाई भेट्दै भोट माग्न उनीहरु पोखरा आएका हुन् । शनिबार उनीहरुले पोखरामा मतदाता भेटघाट तथा अन्तरक्रिया गरे ।

आसन्न निर्वाचनलाई मध्येनजर गर्दै शनिबार नेकपा एमाले म्याग्दी म्याग्दी पोखरा सम्पर्क कमिटीको अयोजनामा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहित पोखरामा भेटघाट तथा अन्तरक्रिया भएको हो । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उमेद्वार अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरे ।

पोखरामा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवार श्रेष्ठले आफ्नो अनुभव र एजेण्डाले गर्दा म्याग्दीमा आफूले जित्नु पर्ने दाबीे गरे । मुलुकको दिगो बिकासका लागि एमाले बाहेक अर्को बिकल्प नरहेको भन्दै उनले
म्याग्दी हुँदै चीनको सिमा नाका कोरला पुग्ने सडकलाई व्यवस्थीत गर्दै देशको आर्थिक विकासमा योगदान दिनका लागि आफ्नो पहलकदमी हुने समेत सुनाए ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उमेद्वार अर्जुन थापा सहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधी, नेकपाका नेता र पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

उम्मेदवार थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा हाँसिल गरेको अनुभवलाई म्याग्दीको विकास तथा सम्बृद्धि, शुसासनका पक्षमा लगाउन उमेद्वार बनेको बताए । म्याग्दीमा प्रतिनिधिसभा सदस्यका लागि १३ जनाको उम्मेदवारी रहेको छ ।

म्याग्दी जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा मात्रै छ ।

बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभावमात्र होइन यसले राजनितिक क्षेत्रमा समेत निकै प्रभाव पारेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गए । आव २०८०÷८१ मा दुई सय ५२ परिवारले बसाइसराइ गर्दा एक सय परिवार आउने गरेको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।

गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् ।

यस्तै प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मुस्ताङका उम्मेदवार इन्द्रधारा विष्ट गएको हप्ता पोखरामा मत माग्दै हिडेका थिए । मुस्ताङबाट चिसो छल्न पोखरासहित विभिन्न स्थानमा मतदाता झरेपछि उम्मेदवारहरु शहरतर्फ नै हिडिरहेका छन् ।
निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहँदा सहरी र सुगम क्षेत्रका उम्मेदवारहरू निर्वाचन क्षेत्रभित्रै प्रचारप्रसारमा व्यस्त देखिएका हुन । मतदाता भेट्ने र आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । गण्डकीका हिमाली जिल्लाका उम्मेदवारहरू भने मतदाता खोज्दै सहर छिरेका छन् ।

बसाइ सराइ र जाडो छल्न बेंसी झर्ने चलनका कारण गाउँमा मान्छे नभएपछि उम्मेदवार विष्ट पोखराका घरघरै मतदाता खोज्न दौडधुप गरिरहेका हुन् । आफ्ना मतदाता जाडो छल्ने निहुँ र व्यापार गर्न जिल्ला बाहिर गएपछि फोन सम्पर्क गर्नेदेखि आफन्त मार्फत खबर पठाउने काम गरिरहेका छन् । उनले हिउँदयाम दुर्गम हिमाली जिल्लाका लागि चुनाव गर्न उपयुक्त समय नभएको उनी सुनाउँछन् । मतदाताहरू छरिएर रहेका कारण उनीहरूलाई भेट्न र चुनावी अभियान गर्न सम्भव नभएको उनको अनुभव छ ।

विष्टजस्तै गोरखा–१ बाट उम्मेदवारी दिएका प्रेमकुमार खत्री अहिले काठमाडौँमा निर्वाचन परिचालन समिति गठन गर्नेदेखि घर र व्यावसायिक प्रतिष्ठान छिरेर भोट माग्न व्यस्त छन् । यसपछि चितवन, पोखरा र अन्य ठाउँहरूमा पनि पुग्ने योजनामा उनी छन् । उनका अनुसार, पहाडी गाउँ रित्तिँदै गएका छन् ।

‘हाम्रा गाउँहरू रित्तै छन् । २० देखि २५ प्रतिशत मतदाता अहिले काठमाडौँमा बसोबास गर्छन्, कोही विदेशमा छन्,’ खत्रीले भने, ‘अब मतदाता नै यतै भएपछि भोट माग्न त आउनैप–यो । केही दिनपछि जिल्ला गएर बाँकी घरदैलो गर्छु ।’ उता लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङ–पोखरा सम्पर्क समाजको भेला डाकेर भोट मागे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->