पोखरा / नेकपा (एमाले) पोखरा-१५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेनजी युबाहरूले उद्घाटन गरेका छन। कार्यालय उद्घाटनपछि वोल्दै जेनजी युवाहरुले
एमालेका उम्मेदवार रश्मि आचार्य सबैको साझा भएको बताए ।
उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न युबा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युबालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन । ‘हामी हाम्रा उम्मेदवार भन्दा देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युबा उम्मेदवारको खोजीमा थियौ अब त्यो इच्छा कास्की-२ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं’ उनीहरुले भनेका छन ।

सो क्रममा उम्मेदवार आचार्यले आफू उत्साहका साथ युबाहरूको सशक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा प्रतिवद्ध रहदै आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे। उनले कास्की क्षेत्र नं. २ का बासिन्दाको सुझाब समेतलाई समेटेर आफ्नो प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले हरेकलाई भेटेर आफै सुझाव संकलन गरेको जानकारी गराए ।
टोल टोलका आबश्यकता र जनधारणा सहित युबालाइ समेट्न अगाडि बढेकोमा युबाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै बिजयको सुनिश्चितताका लागि जिम्मेवार ढंगले आफुहरु अगाडी बढ्ने प्रण गरेका छन् ।





