सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला


  • ध्रुवसागर शर्मा
  • माघ २० २०८२, मंगलबार

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका दुई थान भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको हो । जंगलमा राखेर रातको समयमा चोरी शिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।

बन्दुक बरामद गरेपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत १ सय १५ थान बन्दुक फेला पारिएको थियो भने बेवारिसे अवस्थामा थप बन्दुक बरामद गरेको छ ।

जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो ।

निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको बाहेक यस अगाडी समेत थप ५ थान भरुवा बन्दुक जंगलमा फेला पारिएको थियो ।

म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ । अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->