पोखरा/विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्यदीप मावि र पोखरा बैदामको तालबाराही माविमा पत्रकार कृष्णमणि बराले २० वर्ष अघिदेखि खिचेका पोखराका तालहरुको विभिन्न अवस्था झल्कने तस्वीरमार्फत् सिमसारबारे जानकारी गराएका हुन् ।
प्रत्येक वर्ष फ्रेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाइन्छ ।अवसरको खोजीमा मानिसहरु शहरमा बसोबास गर्ने क्रम बढे संगै शहरी सिमसार जोखिम पर्दै आएकाले त्यसको संरक्षण युवा अवस्थाबाट लाग्नु पर्ने अर्का पत्रकार सागरराज तिमिल्सिनाले बताए । सन् २०५० सम्ममा सहरी जनसंख्या बढेर ६८ प्रतिशत सम्म पुग्ने अनुमान गरिएको छ । धेरै मानिस कामको खोजीमा सहर पस्ने क्रम बढेसँगै सहरी सिमसार जोखिममा पर्दै गएको छ ।





