मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरामा ग्याल्पो ल्होसार मनाइने

पोखरामा ग्याल्पो ल्होसार मनाइने


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८२, शुक्रबार

पोखरा/शेर्पा समुदायले पोखरामा ग्याल्पो ल्होसार उत्सव मनाउने भएको छ । आगामी फागुन ६, ७ र ८ गते पोखरामा ल्होसार मनाउने भएको हो ।

उत्सवबारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक पेम्बा शेर्पाले पोखरामा शेर्पा जातिको उपस्थिति गराउने र पर्यटकीय क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका शेर्पाहरुको लगानी गराउने वातावरण बनाउनका लागि उत्सव मनाउन लागिएको सुनाए ।

उनका अनुसार उत्सवका दिन हिमाली जीवनमा जोडिएका खाद्यान्नका परिकारको बारेमा समेत जानकारी गराइनेछ । पर्यटकीय राजधानीमा अहिलेसम्म धेरै शेर्पाहरु नआएको कारण यसपटक पोखरा रोजिएको उनको भनाइ छ ।

‘हामीले पहिलो पटक ठूलो स्तरको ग्याल्पो (शेर्पा) ल्होसार उत्सव पोखरामा मनाउँदैछौं । यसले पोखराको सांस्कृति तथा पर्यटन पहिचानमा महत्वपूर्ण उपलब्धि थप्ने विश्वास लिएका छौं,’ पेम्बाले भने, ‘ग्याल्पो ल्होसार नयाँ वर्षमात्रै होइन यो प्रकृतिसंगको सामञ्जस्य (मेलमिलाप), सहनशीलता र सांस्कृतिक निरन्तरताका मूल्यहरुको प्रतीक हो जसले हिमाली पहिचानलाई परिभाषित गर्छ ।’

पोखरामा आयोजना हुनुले उत्सवले पर्वतारोहण र नेपालको विश्वव्यापी पर्यटन प्रतिष्ठामा पु¥याएको योगदानको सम्मान रहेको बताए ।

तीन दिनसम्म चल्ने उत्सवमा शर्पाहरुको परम्परागत सांस्कृतिक प्रस्तुति, शेर्पा खानाका परिकार तथा हस्तकला प्रदर्शनी,सांस्कृतिक अुनष्ठा र दिगो पर्यटन र पर्वतीय सम्पदासम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेछ । उत्सव अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा हुनेछ । उत्सवमा दश हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । उत्सवका लागि पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन उद्यमी संघ नेपालको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->